बर्दियामा बेसले वितरण गर्यो स्वच्छता सामाग्री

142

बर्दिया, भदौ २५-
ब्याकवार्ड सोसाइटी एजुकेशन(बेस)ले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध स्वच्छता सामाग्री वितरण गरेको छ । बर्दियाको बढैयाताल गाउँपालिका तथा ठाकुरबाबा र बाह्रबर्दिया नगरपालिकामा कुल १ हजार ५ सय थान सामाग्री वितरण गरेको हो । बढैयाताल गाउँपालिकामा ४ सय ५०, ठाकुरबाबा नगरपालिकामा ५ सय ५०, बाह्रबर्दियामा ५ सय थान वितरण गरिएको ब्याकवार्ड सोसाइटी एजुकेशन बेस बर्दियाका फिल्ड संयोजक हरिद्धार थारुले जानकारी दिए । वितरण गरिएको सामाग्रीमा टुटिसहितको बाल्टिन, पियुस र साबुन रहेको छ ।

वाटर एड नेपालको सहयोगमा बेसले सञ्चालन गरेको स्वच्छता ब्यवहार परिवर्तन परियोजना अन्तर्गत उक्त सामाग्री वितरण गरिएको संयोजक थारुले बताए । गाउँपालिका र नगरपालिका क्षेत्रमा रहेका मुक्त कमैया, सुकुम्वासी, अतिविपन्न परिवार, दलित समुदायलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो । वितरण कार्यक्रममा गाउँपालिका प्रमुख, वडाअध्यक्ष, बेसका पदाधिकारी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

Womui
Womui