जीवन बचाइदिन गुहार्दै मृगौला फेल चन्द्रकली कामी

179

नेपालगन्ज– नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा विगत दुई वर्षदेखि मृगौला फेल भई डायलासिस गराउँदै आएकी चन्दकला कामीले जीवन बचाईदिन आग्रह गरेकी छिन्। सुर्खेत गुर्भाकोट नगरपालिका ४ सहारे घर भएकी ४० वर्षीया चन्दकलाले आर्थिक सहयोग मार्फत् जीवन रक्षाका लागि गुहार मागेकी हुन्।

आर्थिक अभावमा मृगौला स्थान्तरण गर्न नसकेकी उनले पैसा अभावमा डायलासिस गर्दै आएको बताइन्। चन्दकलाको दुवै मृगौला फेल भएपछि दुई वर्षदेखि हप्तामा २ पटक डायलासिस गर्दै आएकी छिन्। विगत ६ महिनादेखि कोहलपुरमा भाडामा बस्दै उपचार गर्दै चन्दकला परिवार यतिबेला आर्थिक सहयोगका लागि सब‌ैसँग आग्रह गर्दै आएको हो । अहिलेसम्म उपचारमा ७ लाख ऋण लागिसकेको र मृगौला स्थान्तरण गर्न आर्थिक अभाव भएको चन्दकलाका पति अमृतबहादुर कामीले बताए । ‘म पत्निका लागि मृगौला दान गर्न तयार छु, तर त्यसका लागि चाहिने १५ लाख रकम छैन ।’

मृगौला स्थानान्तरका लागि १५ लाख कसरी जुटाउन चिन्ता रहेको उनले दु्खेसो पाेखे । उक्त रकम संकलनका लागि उनले सबैसग आग्रह गरेका छन् । गाउँमा एैलानी जग्गामा सुकुमबासीका रुपमा बस्दै आएका चन्दकला परिवार आर्थिक समस्याबाट गुज्रिँदै आएको छ। कोहलपुरमा उपचारका लागि ६ महिनादेखि भाडामा बस्दै आएको छ। समयमा मृगौला स्थानान्तरण नहुँदा थप आर्थिक समस्या थपिँदै गएको छ। चन्दकलाको मृगौला स्थानान्तरणका लागि आर्थिक सहयोग गर्न पति अमृतबहादुर कामीको नाममा रहेको एनआईसी बैक कोहलपर शाखा खाता नम्बर ०५९५७५०८४९८५३००१ मा रकम जम्मा गर्न सकिन्छ ।

आर्थिक सहयोगका लागि ९८४१२७७५७४ मा सम्पर्क गर्न पनि अमृतले अनुरोध गरे । सबैको सानो रकम सहयोगले पत्नीको जीवन बच्ने उनको भनाइ छ। चन्दकलाका ५ सन्तान छन् । मजदुरी र कृषि मुख्य आम्दानीको श्रोत भएका कामी परिवार मृगौला स्थानान्तरणका लागि आर्थिक सहयोग संकलनमा लागेको हो ।

Womui
Womui