१४ वर्षीय बालिका अपहरण गर्ने तीनजना प्रहरीको फन्दामा

32

काठमाडौं– १४ वर्षीय बालिका अपहरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ भने अपहरणमा प्रयोग गरिएको दुई एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङस्थित पथरी शनिश्चरे नगरपालिका–८ की १४ वर्षीय बालिका अपहरण गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार अपहरणमा संलग्नमध्ये २१ वर्षीय सुजन रणपहेली बालिकाको नातामा काका पर्छन् ।

एम्बुलेन्समा राखेर अपहरणको प्रयास गरेका २१ वर्षीय सुजन रणपहेली, एम्बुलेन्स चालकद्वय पथरी-शनिश्चरे- ६ का २२ वर्षीय रमण आचार्य र सुनवर्षी नगरपालिका-६ का ३६ वर्षीय पूर्णबहादुर तामाङ पक्राउ परेका छन् ।

बालिकालाई १७ गते काभ्रेको साँगाबाट उद्धार गरी संलग्नहरूलाई पक्राउ गरिएकोमा प्रहरीले आरोपीलाई अपहरण मुद्दामा अनुसन्धान सुरू गरेपछि उक्त कुरा सार्वजनिक भएको हो।

Womui
Womui