बहराइनका राजकुमारले पाए हिमाल आरोहणको अनुमति

117


काठमाडौं– बहराइनका राजकुमारले हिमाल आरोहण गर्ने भएका छन् । सरकारले लकडाउनपछि पहिलोपटक हिमाल आरोहणको अनुमति दिएसँगै राजकुमारसहितको टोलीले हिमाल आरोहण गर्ने भएका हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी १५ सेप्टेम्बरपछि लागू हुने गरी पहिलो आरोहण अनुमति दिने निर्णय गरेको हो । सरकारले बहराइनका राजकुमारसहितको १५ जनाको टोली र ३ जना बेलायती नागरिकलाई नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणको अनुमति दिएको अर्थ, सूचना तथा संचार प्रविधिमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए । हिमाल आरोहण गर्दा टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नु पर्नेछ ।

Womui
Womui