छोराको सम्झनाले सामाजिक कार्यमा सक्रिय

132
चदारा परिवारले संचयकोषको रकम जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर रानालाई प्रदान गर्दै ।

नेपालगन्ज–रामबहादुर चदारा र उनकी श्रीमति जमुना विक २०४३ सालदेखि भेरी अस्पतालमा निरन्तर कार्यतर छन् । उनको छोरा सुरेश चदाराको जन्म पनि त्यही अस्पतालमा भयो । उनी पनि विगत एक वर्षभन्दा बढी समयदेखि भेरी अस्पतालको बिमामा काम गर्दै आइरहेका थिए । तर दैवको लीला भनौ वा अभागी सन्जोक, पहिलो स्वास त्यही अस्पतालमा लिएको उनको छोराले २४ वर्षपछि त्यही अस्पतालमा अन्तिम स्वास फेरे । कारण थियो भदौ ५ गतेको मोटरसाइकल दुर्घटना ।
कलिलै उमेरमा दैवको प्यारो बनेका सुरेश चदारा परिवारको एक्लो छोरा थिए । आफ्नो बुढेसकालको एक्लो साहारालाई कलिलै उमेर गुमाएका चदारा परिवारको पीडा सायँदै हामी कसैले अनुभव गर्न सक्छौं होला । मृतक सुरेशकी आमा रुदै भन्छिन्, ‘आमाबुवाका लागि आफ्नो सन्तानको प्राथिक शरीर उचाल्नै नसकिने हुँदो रहेछ ।’
परिवारको रिचाग गुमाएका चदारा परिवार अहिले छोराको सम्झनामा सामाजिक कार्य गर्न तर्फ अग्रसर भइरहेका छन् । उनीहरु आफ्नो छोरोले जस्तो अकालमै दुर्घटना भएर कसैको ज्यान नजोवस भनेर विभिन्न सामाजिक कार्यमा अग्रसर भएका छन् । चदारा परिवारले छोरोको नवौं दिनमा कार्यसुद्धि गरेर छोराको नाममा अक्षयकोष खडा गरिसकेका छन् ।
चतरा परिवारले दुर्घटनामा परेका असाय, गरिव तथा विपन्न व्यक्ति र ट्राफिक नियमको प्रचारप्रसारका लागि छोरा सुरेश चदाताको नाममा पाँच लाख रुपैयाँको अक्षयकोष खडा गरेका छन् । अक्षयकोष रकमबाट आएको ब्याज रकममा चदारा परिवारले केही रकम थप गरेर २५ हजार रुपैयाँ भेरी अस्पतालमा दुर्घटनामा परी आएका असक्त, असाय, गरिवको सहयोगका लागि र २५ हजार रुपैयाँ ट्राफिक प्रहरीलाई जनचेतना फैलाउनका लागि प्रदान गरेका छन् ।
रामबहादुर चदारा आँखामा आसू लिँदै भन्छन्, ‘हरेक छोराछोरीले छोरीछोरीका कारण आमाबुवामा कति ठूलो पीडा हुुन्छ भन्ने बुझ्ने जरुरी छ । सामान्य लापरबाहीका कारण घरपरिवार सबै छताछुल्ल हुने अवस्थामा आउँछ । सबै छोराछोरीले आफ्नो आमाबुवको पीडालाई बुझ्न जरुरी छ ।’ उनी ट्राफिक प्रहरीसँग सहका¥य गरेर जनचेतानामूलक अभियानमा निरन्तर लाग्ने बताउँछन् । उनी भाभुक हुँदै भन्छन्, ‘म धेरैलाई सम्झाउन त नसकुला तर १० जनालाई मात्र आमाबुवामाथि हुने पीडाको बोध गराएर यस्ता दुर्घटनाबाट बचाउन सके भने मेरो अभियान सफल हुनेछ ।’
चदारा परिवाकारका तर्फबाट रामबहादुर चदारा र जमुना विकले ट्राफिक प्रहरीका लागि छ्ट्याइएको रकम जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर रानालाई प्रदान गरे । साथै भेरी अस्पतालमा दुर्घटनामा परी आउने गरिव, असायका लागि छुट्याइएको रकम अस्पतालमा मेसू प्रकासबहादुर थापालाई प्रदान गरे ।
प्रहरी प्रमुख रानाले चदारा परिवारप्रति सम्वेदना प्रकट गर्दै, चदारा परिवारले गरेको काम धेरै नै प्रेरणादायी भएको बताए । रानाले यस रकमबाट दुर्घटना कम गर्न विभिन्न स्थानमा होडिङ बोर्ड राखिने, स्लो बाइक प्रतिस्प्रधाजस्ता कृयाकलाप गराउने बताए । रानाले सवारी दुर्घटनाबाट परिवारमा ठूलो विपद् आइपर्ने भएकाले यसको न्युनिकरणको उपाए मोटरसाइकलको गति कम गर्ने सुझाएका थिए ।
यसका साथै चदारा परिवारले आगमी दिनमा सुरेश चदारा अक्षयकोष संचालनका लागि कार्यसमिति नै बनाएर सप्ताहव्यापि काम गर्ने बताएका छन् । जसमा भेरी अस्पतालमा मन्दिरको स्थापना गर्ने, विभिन्न ट्राफिक नियमसम्बन्धी सूचना, जानकारीमूलक सन्देश युवामाझ पु¥याउनेलगायतका कामहरु रहेको चदारा परिवारले जनाएको छ ।

Womui
Womui