तरुणदल खजुराले गर्‍यो रक्तदान

149

नेपालगन्ज–तरुणदल खजुरा गाउँपालिका कार्यसमितिले शनिबार गरेको रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन । बाँके खजुरा स्थित दिपक बोर्डिङ स्कुलमा गरिएको रक्तदान कार्यक्रममा खजुरा क्षेत्रका युवाहरुले रक्तदान गरेका थिए । बाँकेमा रगत अभाव भएर समस्या भैरहेको बेला रगत गरिएको रक्तदानले मानिसको उपचारमा सहयोग पुग्ने आयोजक तरुणदल खजुरा गाउँपालिका कार्यसमिति अध्यक्ष कोमल राज सिह ठकुरीले बताए । उनले भने, ‘हामीले १ सय जनाबाट रक्तदान गराउने प्रयास गरेको थियौं । अहिलेको परिस्थितीले गर्दा अनुमान गरेजति संख्या पु¥याउन सकिएन । आगामी दिनमा तरुणदलले यस्ता सामाजिक काम गर्दै जानेछ।’ पछिल्लो समय बाँकेमा लकडाउनका कारण रगत अभाव हुदै गएको थियो । तरुणदलले शनिबार नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त संचार केन्द्र नेपालगन्ज बाँकेको समन्वयमा रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रममा पुर्व माननीय बादशाह कुर्मी, नेपाली कांग्रेस महासमिति प्रतिनिधि लक्ष्मनारायण शाह, क्षेत्रीय सभापती नक्की खाँ, नेपाली कांग्रेस खजुरा गाउँपालिका सभापती शेर बहादुर गुरुङ, तरुणदल बाँके सभापती विरेन्द्र बहादुर शाह लगायतको उपस्थिती रहेको तरुणदल खजुरा अध्यक्ष कोमल राज सिंह ठकुरी जानकारी गराए ।

Womui
Womui