११११ थपिए, नेपालमा ३५५२९ संक्रमित, १८९ को मृत्यु

46

काठमाडौं । २४ घण्टामा ११११ जना कोरोना भाइरसका संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५५२९ पुगेको छ । पछिल्लो २४ घण्टामा १२४२९ जनाको पीसीआर परीक्षण गरिएकोमा ११११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै २४ घण्टामा ५६९ जना निको भएर घर फर्किएका छन् । योसँगै कोरोना संक्रमणबाट निको भएर घर फर्कनेको संख्या हालसम्म २००७३ पुगेको छ भने कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएसँगै मृतकको संख्या १८९ पुगेको छ । पछिल्लो समय मृत्यु हुनेमा काठमाडौं, ललितपुर, बारा, कास्की, रुपन्देही, कपिलवस्तु, बाँके, धनुषा र पर्सामा १/१ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५ महिला र चार पुरुष छन् ।

Womui
Womui