‘कोरोना महामारीलाई ध्यानमा राखेर मोहर्रम मनाऔं’

68

नेपालगन्ज–विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको कोभिड–१९ लाई ध्यानमा राखेर मोहर्रम पर्व मनाउन आग्रह गरिएको छ । नेपाल मोहर्रम तथा कर्बला संरक्षण समिति, मोहर्रम पर्व एवम् कर्बला समिति र नेपाल मोहरर्म समिति धम्बोझीले संयुक्त रुपमा यस्तो आग्रह गरेका हुन् ।

‘आफू बचौं र देशलाई पनि बचाउनमा’ आआफ्नो स्तरबाट सहयोग पनि गरौं भन्दै उक्त समितिले महामारीको समयमा नेपाल सरकारले दिएको निर्देशनलाई पूर्ण रुपमा पालन गर्ने कर्तव्य सबै धर्मसमुदायको भएकाले भिडभाड नहुने गरी सामाजिक दूरी कायम गर्दै पर्व मनाउन आग्रह गरेको छ ।

समितिले भदौ १३ गते शनिबार ताजिया आआफ्नो तरिकाले घर अगाडि राख्ने तथा भदौ १४ गते आइतबार बिहानदेखि कुनै प्रकारको भीडभाड नहुने गरी ताजिया सेलाउन कर्बलामा आलोपालो जानसमेत अनुरोध गरेको छ ।

मुस्लिम समुदायले मोहर्रम हजरत हसन र हजरत हुसैनले सत्यको लागि आफ्नो सम्पूर्ण परिवारसहितले सहादत दिएका कारण उनको सम्झनामा यो महिनालाई हुसैन महिनाको रुपमा मनाउँदै आएका छन् ।

नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिका अध्यक्ष मेराज हलवाई, मोहर्रम पर्व एवम् कर्बला समितिका अध्यक्ष माननीय मो। याकुब अन्सारी र नेपाल मोहरर्म समिति धम्बोझीका अध्यक्ष मेराज हिमालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जुलुसबाहेक नेपाल सरकारको कोरोना भाइरस सम्बन्धी परामर्शलाई पालना गर्दै गरिब, असहायलाई सहयोग गर्न समेत संयुक्त मोहर्रम कमिटीले अपिल गरेको छ ।

Womui
Womui