६८१ थपिए, नेपालमा २८९३८ संक्रमित, १२४ को मृत्यु

51

काठमाडौं– ६८१ जना कोरोना भाइरसका संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २८९३८ पुगेको छ । पछिल्लो २४ घण्टामा ११५२२ जनाको पीसीआर परीक्षण गर्दा ६८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै २४ घण्टामा १२० जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म १७७०० जना संक्रमणबाट निको भएर घर फर्किएका छन् भने कूल संक्रमित मध्ये १२४ जनाको मृत्यु भएको छ ।

Womui
Womui