नेकपामा प्रवेशको लर्को

202

बाँके(राप्ती सोनारी)- राप्तीसोनारी गाउँपालिका वडा न ३ का करिब ४० जनाले विभिन्न पार्टी परित्याग गरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। नवप्रवेशीलाई प्रमुख अतिथि रहेका नेकपाका केन्द्रीय सदस्य एवम् बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभासदस्य माननीय महेश्वर गहतराज अथक एबम् विशिस्ट अतिथि संविधान सभा सदस्य पट्टुुु थारुलागायतले पार्टीमा प्रवेश गराएका हुन् । देशमा राजनीतिक क्रान्ति सफल भइसकेपछि अग्रपंतिमा रहेका नेतृत्वले आर्थिक सामाजिक क्रान्तिको नेतृत्व गर्ला भन्दा झन् स्खलित हुँदै गएकोले पार्टी परित्याग गरी नेकपामा आबद्ध भएको नवप्रवेशीको भनाइलाई उद्दत गर्दै वडा न.३ का वडा कमिटी सचिव अंकित श्रेष्ठले जानकारी गराएका छन् ।

Womui
Womui