एकदिनमै थपिए १०१६, नेपालमा २८२५७ संक्रमित

30

काठमाडौं–एक दिनमै १०१६ जना कोरोना भाइरसका संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २८२५७ पुगेको छ । पछिल्लो २४ घण्टामा १३४६१ जनाको पीसीआर परीक्षण गरिएकोमा १०१६ जनामा कोरोना भाइरसको संक्रमण थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै २४ घण्टामा ८५ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कूल संक्रमितमध्ये अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट निको भएर१७५८० जना घर फर्किएका छन् भने कूल संक्रमितमध्ये ११२ जनाको ज्यान गएको छ

Womui
Womui