पूर्वाधार निर्माणमा राप्ती सोनारी

250

विकास गति सुस्त भएका बेला देश नयाँ संरचनामा गयो । परिवर्तित नयाँ व्यवस्था आउने बित्तिकै विकासले गति लियो । देशमा नयाँ उत्साह थपियो । तीन तहमध्ये जनतासँग प्रत्येक्ष रूपमा जोडिएको छ स्थानीय तह । निर्वाचनपश्चात आएका जनप्रतिनिधिहरूले विकासका गतिलाई निरन्तरता दिएको देख्न सकिन्छ । विकास निर्माण र पूर्वाधार निर्माणमा भएको विकासले जनप्रतिनिधि आउनुको सार्थकता देखाएको छ । राप्ती सोनारी गाउँपालिकामा पनि विकास निर्माण, समृद्धि र उत्पादनमूलक कार्यको बिस्तारै गति लिइरहेको छ । स्थानीय तह आइसकेपछि पूर्वाधार निर्माणसम्बन्धी कार्यले गति लिएको राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु बताउँछन् ।

राप्ती सोनारी गाउँपालिकामा जनप्रतिनिधि निर्वाचन भएर आएको यो तीन वर्षको अवधिमा थुपै्र विकास र पूर्वाधार निर्माणका काम भइसकेका छन् । राप्ती सोनारीले भूगोलका हिसाबले ठूलो क्षेत्रफल ओगटेको भए पनि प्रशस्त वनजंगल, छरिएको बस्ती, शिक्षा र जनचेतनाको कमी, बर्सेनि नदीले गर्ने क्षति जस्ता समस्याका बाबजुद पनि राप्ती सोनारीले पूर्वाधार निर्माण सम्बन्धी कामलाई अघि बढाइरहेको छ । हालसम्मको अवस्था हेर्ने हो भने समृद्ध राप्तीसोनारी निर्माण गर्नका लागि सबै वडाहरूमा सडक विस्तार, विद्यालयका भवन निर्माण, भौतिक पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापनमा जोड दिएको राप्ती सोनारी प्रशासकीय अधिकृत दलबहादुर बस्नेत बताउँछन् । भवन निर्माण, बाटो निर्माण र स्तरोन्नति, तारजालीजस्ता पूर्वाधार निर्माणका कार्यलाई हरेक वर्ष राप्ती सोनारीले प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

गाउँपालिकामा भएका पूर्वाधार निर्माण सँगसँगै अनुगमनलाई पनि जोड दिने गरेको गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री बताउँछिन् । ‘गाउँपालिकामा भएका सबै विकास निर्माणका कामहरूलाई हरेक वर्ष हामीले स्थलमा नै गएर अनुगमन गर्दै आइरहेका छौं,’ उपाध्यक्ष खत्रीले भनिन् । तर विगतका आर्थिक वर्षमा पूर्वाधार निर्माणसम्बन्धी धेरै कार्यहरू भएता पनि यो वर्ष भने विश्वव्यापी रूपमा फैलिएको कोरोनाको सन्त्रासका कारण पूर्वाधार निर्माणलयगायका अन्य कार्यमा पनि बाधा पुगेरको गाउँपालिका अध्यक्ष थारुको भनाइ छ ।

बस्ती जोड्दै सडक

आर्थिक वर्ष २०७६/०७७ मा राप्ती सोनारीको योजनाअन्तर्गत तीन सयभन्दा बढी योजना पूर्वाधार निर्माणका रहेका थिए । जसअन्तर्गत एक सयभन्दा बढी योजना सडक निर्माणसम्बन्धी रहेका थिए । राप्ती सोनारीको आव २०७६/०७७ को कूल बजेट ७६ करोड ८ लाख ३९ हजारमध्ये १८ करोड बढी राप्ती सोनारीले सडक निर्माण र स्तरोन्नतिका लागि छुट्याएको छ । राप्ती सोनारीभित्र फैलिएको बस्ती भएकाले सडक विस्तार गरी बस्ती जोड्न आवश्यक रहेको अध्यक्ष थारुको भनाइ छ । ‘निर्वाचन हुनुभन्दा पहिला राप्ती सोनारीका कतिपय बस्तीमा मोटर गाडी जानसक्ने अवस्था थिएन,’ अध्यक्ष थारुले भने, ‘गाउँपालिकाको विकासका लागि पहिला त सबै बस्तीलाई सडक सञ्जालले छुन जरुरी छ ।’

राप्ती सोनारीको आव २०७६/०७७ को पूर्वाधार निर्माण योजनाअन्तर्गत वडा नम्बर १ मा १४ बढी, वडा नम्बर २ मा १२ बढी, वडा नम्बर ३ मा १५ बढी, वडा नम्बर ४ मा २० बढी, वडा नम्बर ५ मा ५ बढी, वडा नम्बर ६ मा ५ बढी, वडा नम्बर ७ मा २० बढी, वडा नम्बर ८ मा १२ बढी र वडा नम्बर ९ मा १० बढी सडक र सडकसम्बन्धी पूर्वाधार निर्माणका योजनामा काम भइरहेका छन् । राप्ती सोनारी गाउँपालिकाका जनप्रतिनिधिको कार्यकाल तीन वर्ष पुगिसक्दासम्ममा राप्ती सोनारीकाका सबै बस्तीलाई सडक सञ्जालले छोइसकेको छ । सबै ९ वटै वडामा सडक कालोपत्रे, ग्राभेल, क्लभर्ट निर्माण, कुलो निर्माण, पुल निर्माणजस्ता सडक पूर्वाधारसम्बन्धी धेरै काम सम्पन्न भइसकेका छन् । वडा नम्बर १ मा हेर्ने हो भने राजमार्गदेखि वडा कार्यालयसम्म पिसीसी निर्माण, वडामा रहेका अधिकांश गाउँ÷टोलका बाटोमा ग्राभेल, नयाँ बाटोको ट्रयाक निकाल्ने जस्ता काम सम्पन्न भइसकेको वडा अध्यक्ष चन्द्रबहादुर ओली जानकारी दिए । ओलीका अनुसार कुसुमबजार हुँदै वडा कार्यालय, शिवमन्दिर, कुसुमेश्वर मावि, इप्रका, स्वास्थ्य चौकी हुँदै भित्री गाउँ जोड्ने ५ सय मिटर रिङरोड बाटोलाई कालोपत्रे गर्नुका साथै नाली निर्माण र ग्राभेलकोे काम, बेरियाबाट भमका जाने बाटोको स्तरोन्नति, राजमार्गदेखि हेल्थपोष्ट जाने बाटो कालोपत्रेजस्ता सडक पूर्वाधार निर्माणका योजनाले पनि प्राथमिकता पाएका छन् । यसैगरी वडा नम्बर २ को महत्वपूर्ण योजना रहेको जिरो जंगलबाट कचनापुर हुँदै कम्दी जोड्ने सडक निर्माण र कालोपत्रे, अगैंया बजार पछाडिको बाटो आरसीसी ढलान र कलभर्ट निर्माण सम्पन्न भइसकेका छन् । जिरो–कचनापुर–कम्दी सडकलाई कालोपत्रे गर्ने, गौरी खोलामा कलभर्ट निर्माण, मटुवादेखि मदुइको बाटो स्तरोन्नति, सिद्धार्थ मन्दिरदेखि टिकुलिपुर बाटो, मटेहिया सम्शेरगंज बाटो आदि स्तरोन्नतिका लागि योजनाअनुसार बजेट विनियोजन गरी कामलाई अघि सारिएको वडाध्यक्ष मदनकुमार ओलीले जानकारी दिए ।

कोरोना भाइरसको सन्त्रासका कारण ठूला निर्माणका योजनामा प्रभाव परेको बताउने वडा नम्बर ३ का वडा अध्यक्ष गंगाराम थारु यस वर्ष ५ लाखसम्मका साना सडकका योजना सम्पन्न भएको बताउँछन् । थारु वडा नम्बर ३ भित्र यस वर्ष ५ किलोमिटरसम्म ग्राभेल गरिएको बताउँछन् । यसका अलावा सडक कालोपत्रे, ग्राभेल, ह्युमपाइपजस्ता काम वडामा सम्पन्न भइसकेका छन् । वडा भित्रका विभिन्न स्थानमध्ये सिसया पुलदेखि खैरेनीसम्मको बाटो, बेलडाँडादेखि भिलन चोकसम्म कालोपत्रे जस्ता सडक पूर्वाधार निर्माणका कामका लागि पनि योजना तर्जुमा भई काम अघि बढिरहेको छ । वडा नम्बर ४ का वडा अध्यक्ष कान्छा थारुको नेतृत्वमा टोल–टोलमा सडक पूर्वाधार निर्माणका कार्यले गति लिइरहेको छ । लट्ठापुरदेखि डेग्रपुरसम्म र धामपुरदेखि पसरामपुरसम्म बाटोको ट्रयाक खोलेर ग्राभेल पनि सम्पन्न भइसकेको छ । बैजापुरस्थित बुद्धचोकदेखि देउपुर्वा जाने ४ सय मिटर बढी कालोपत्रे, माहुचोकदेखि माहु गाँउसम्म कालोपत्रेका साथै लालपुर हुँदै पसरामपुरसम्म जोड्ने करिब एक किलोमिटर कालोपत्रे गर्ने योजना तयार पारेको छ । आफ्नो कार्यकालभित्र मुख्य सडक कालोपत्रे हुने वडा अध्यक्ष थारु बताउँछन् ।

कोरोनाको सन्त्रासका बाबजुद पनि पूर्वाधार निर्माणमा लागिपरेको बताउने वडा नम्बर ५ का वडा अध्यक्ष झगरु थारु यस वर्ष गोरधोेइ चोकदेखि गोरधोइ कजयेबाटो कालोपत्रे सम्पन्न भएको बताउँछन् । पिपलबोटदेखि टहवासम्मको बाटो निर्माण अन्तिम चरणमा रहेको बताउँदै वडा अध्यक्ष थारु वडाभित्र ग्रोभल, कल्भर्ट, नालाजस्ता पूर्वाधार निर्माण भइरहेको बताउँछन् । वडाभरि ह्युम पाइप निर्माण, करिब ६ सय मिटर वडा कार्यालयको बाटो कालोपत्रे, पक्की नाला निर्माणजस्ता काम पनि वडामा सम्पन्न भइसकेका छन् । यसैगरी वडा नम्बर ६ मा पदनाहा गाँउ र शिद्धेश्वर मावि जाने बाटो र नाली निर्माण, वडा कार्यालदेखि शिद्धेश्वर मावि जाने निर्माणजस्ता सडक पूर्वाधार सम्पन्न भएको वडा ६ मा अन्य सडक पूर्वाधार निर्माणका लागि योजना तर्जुमा निरन्तरतामा रहेको वडा अध्यक्ष जनकबहादुर थारुले बताए । यसका अलावा विभिन्न सडकको डिपियार निर्माण, ह्यामपाइप निर्माण पनि सम्पन्न भइसकेका छन् । भौतिक पूर्वाधार निर्माणलाई जोड दिने वडा नम्बर ७ का वडा अध्यक्ष रामलखन थारु वडाका सबै टोलमा ग्राभेल निर्माण गर्न लागि परेका छन् । सडक, नाला, ग्राभेल, नालासहितको बाटो निर्माण, ह्यमपाइन निर्माण, नयाँ ट्रयाक खोल्नेलगायतका योजनामा बजेट खर्च गर्दै आइरहेको वडा अध्यक्ष थारुको भनाइ छ । वडा ७ कृषि सडकदेखि बछौटा रोड कालोपत्रे, निवुबाटार सोतरमा कलभर्ट निर्माणजस्ता सडक पूर्वाधारका लागि यस वर्ष योजना तर्जुमा गरिएको छ । यसैगरी एक वर्षभित्रमा नै करिब २ किलोमिटर सडक कालोपत्रे गरेको वडा नम्बर ८ मा बनसेटमा बाटो स्तरोन्नति, ओभरीमा बाटो स्तरोन्नति, पैरानी सडक कालोपत्रे, बालापुरमा कलभर्ट निर्माण, विभिन्न गाउँमा ग्राभेलजस्ता योजना वडामा सम्पन्न भइसकेका छन् । वडा अध्यक्ष खुमबहादुर बस्नेत आफ्नो कार्यकालभरि वडामा रिङरोड बनाउने बताउँछन् । यस वर्ष वडा ८ मा जिरोचोकदेखि धर्मोली चोक बाटो कालोपत्रे, पौरानीमा पक्की बाटो निर्माण, पुष्पाञ्जली सामुदायीक वनदेखि खेल मैदानसम्म नालीसहित बाटो स्तरोन्नति, राजमार्गदेखि साहू टोलसम्म बाटो स्तरोन्नति जस्ता योजना रहेका छन् ।

कोरोनाका कारण पूर्वाधार निर्माणलाई अस्तव्यस्त बनाएको बताउँछन् वडा नम्बर ९ का वडा अध्यक्ष महावीर ओली । विगतका वर्षमा सडकसम्बन्धी काम गर्दै आए पनि यस वर्ष भने सडकसम्बन्धी योजनालाई अघि बडाउन नसकिएको वडा अध्यक्ष ओलीको भनाइ छ । गुरुवा गाउँमा बाटो ग्राभेल गरिसकेको वडाले नयाँ बाटो खोल्ने, सडक स्तरोन्नति, ग्राभेल गर्नेजस्ता पूर्वाधारका कामलाई वडामा सम्पन्न गरिसकेको छ । पूर्वाधार निर्माणसँगै वडालाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउने सोच वडा अध्यक्ष ओलीको रहेको छ ।

भौतिक संरचना निर्माणलाई प्राथमिकता

राप्ती सोनारी गाउँपालिकाभित्र विद्यालय, सहकारी, वडा कार्यालय, मठमन्दिर, स्वास्थ्यचौकी, हाट बजार, पर्खालजस्ता भौतिक संरचना निर्माणका कार्यहरू सम्पन्न भइसकेका छन् । आर्थिक वर्ष २०७६/०७७ को योजना हेर्ने हो भने पनि पूर्वाधार निर्माणअन्तर्गत भौतिक संरचना निर्माणले प्राथमिकता पाएको देखिन्छ । गाउँपालिकाभित्र आवश्यकताअनुसार भौतिक संरचना निर्माणका कामहरू भइरहेको गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री बताउँछिन् । ‘कतै पुराना भइसकेका भवनको मर्मत गरियो छ त कतै नयाँ भवन पनि बनाइएको छ, उपाध्यक्ष खत्रीले भनिन् । गाउँपालिका भित्रका ९ वटै वडाभित्रका भौतिक संरचना निर्माणको अवस्था हेर्ने हो भने हरेक वडामा विभिन्न प्रकारका संरचना निर्माण सम्पन्न भएका छन् । वडा नम्बर १ मा स्वास्थ्यचौकी भावन निर्माण, वडा नम्बर २ मा विद्यालय पर्खाल, वडा नम्बर ३ मा जनज्योति प्रावि नारायणपुरको पर्खाल र एक कोठे भवन निर्माण, सरस्वती माविको २ कोठे भवन निर्माण, जनजागृति आधारभूत विद्यालय नवलपुरको तला निर्माण, गणेश निम्न माध्यामिक विद्यालय खैरेनीको पर्खाल र गेट निर्माण, भुवरभवानी मन्दिरमा टहरा निर्माणजस्ता संरचनाको निर्माण सम्पन्न भइसकेका छन् ।

वडा नम्बर ४ मा रहेका ४ वटै विद्यालयको पर्खाल निर्माण, जनशक्ति माविको अधूरो भवन निर्माण भएका छन् । यसैगरी वडा नम्बर ५ मा पनि वडाभित्र रहेका मठमन्दिरलगायत अन्य संरचनाको निर्माण भएका छन् । यसका साथै वडा नम्बर ६ मा शिद्धेश्वर क्याम्पस भवन निर्माण, सहिद स्मृति पार्कमा सभाहल निर्माण, वडा कार्यालय भवन निर्माण, डाँडाटपरीमा नयाँ सृजनशील सहकारी ढलान, साकार सहकारी ढलान, खोपकेन्द्रको डलानजस्ता संरचना निर्माण भइरहेका छन् । वडा नम्बर ७ मा विद्यालयका भवन निर्माण, वडा कार्यालयको तला निर्माणजस्ता संरचना निर्माण भएका छन् । वडा नम्बर ८ मा हाट बजार निर्माण, सम्शेरगंजमा पार्क निर्माणलाई निरन्तरतालगायतका कामले निरन्तरता पाइसकेका छन् भने वडा नम्बर ९ ले ढकेरी पिकनिक पार्क निर्माण र वडाभित्रका विद्यालयका लागि भौतिक निर्माणका लागि बजेट खर्च गर्दै आइरहेको छ ।

भौतिक निर्माणअन्तर्गत यस वर्ष कोरोनाको कहरले भौतिक संरचना निर्माणमा समस्या पारेकाले धेरैजसो यस वर्षका संरचना निर्माण योजना हुन सकेनन् । यो वर्ष वडा नम्बर १ कुसम स्वास्थ्यचौकीको अधुरो भवन निर्माणका लागि बजेट छुट्याइएको छ । त्यसैगरी वडा नम्बर २ मा टिकुलीपुरमा सेलटर भवन निर्माण, बुहउद्देश्यीय सभाहल निर्माण जस्ता योजना तर्जुमा भएका छन् । वडा नम्बर ३ मा गलराबसमा युवा मिलन केन्द्रको अधूरो भवन निर्माणका साथै आकस्मिक एवम् निर्मित भवनको मर्मत सम्भार कार्य भइरहेका छन् । वडा नम्बर ४ मा अपाङ्गमैत्री भवन निर्माण, बैजापुर खेल मैदान र स्वास्थ्यचौकीमा माटो पटानका लागि योजना तर्जुमा गरिएको छ । यसैगरी वडा नम्बर ५ मा आलिनगरमा सेल्टर भवन निर्माण, बिनौना स्वास्थ्यचौकीको तला थप्नका लागि योजना पारित भएको छ ।

वडा नम्बर ६ मा जेठ महिनामा स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ भने वडा कार्यलयको बाँकी भवन निर्माण, सिद्देश्वर मावि भवन निर्माण, वीपी स्मृति बहुउद्देश्य सामुदायिक भवन निर्माण जस्ता योजना यो वर्ष रहेका छन् । वडा नम्बर ७ मा वडा कार्यालयको पर्खाल निर्माणका साथै वडाभित्रका विभिन्न स्थानमा कुलो निर्माण कार्यले प्राथमिकता पाएको छ । वडा नम्बर ८ मा वडा कार्यालय भवन निर्माण, ओभरीमा ज्येष्ठ नागरिक मिलन केन्द्र भवन निर्माण, ढकेरीमा ढकेरी प्रहरी चौकी भवन निर्माण, सम्शेरगंजमा रेडक्रस भवन निर्माण जस्ता योजना गाउँपालिकामा रहेको छ । वडा नम्बर ९ मा खैरेनीमा थारु भुडयार थान निर्माण र नियमित तथा आकस्मित मर्मत सम्भार कार्यहरू रहेका छन् ।

बस्ती उज्यालोका लागि विद्युतीकरण

राप्ती सोनारी गाउँपालिकाको तीन वर्ष अगाडिको अवस्था हेर्न हो भने राप्ती सोनारीका धेरैजसो गाउँ टोलमा विद्युतीय बत्तीले छोएको थिएन । राप्ती सोनारीले यो तीन वर्षको अवधिमा विद्युत् विस्तारका क्षेत्रमा धेरै उपलब्धि हासिल गरेको छ । राप्ती सोनारी गाउँपालिककाले नियमित तथा आकस्मिक विद्युत् मर्मत् सम्भार र विस्तारतर्पmको कार्यलाई वडा नम्बर १ देखि वडा नम्बर ९ सम्म गर्दै आइरहेको छ । विद्युत् विस्तारतर्फ आन्तरिक तथा बाह्य स्रोतबाट विस्तारका काम भइरहेको गाउँपालिका अध्यक्ष लाहुराम थारु बताउँछन् । यो वर्ष वडा नम्बर ३ मा विद्युतीकरणको तयारी भइसकेको छ । वडा अध्यक्ष गंगारामा थारु यो वर्ष विद्युत् विस्तारका लागि विद्युत् पोल गाड्ने काम भइरहेको बताउँछन् । नेपाल विद्युत प्र्राधिकरणले विस्तार गर्न नसकेका विद्युत् विस्तारको कामलाई गाउँपालिका आफैंले विद्युतीकरणको काम सुरु गरेको हो । त्यसैगरी वडा नम्बर ४, ५, ६, ७ मा पनि विद्युत् विस्तारका लागि पोल गाड्ने, तार तान्ने काम भइरहेका छन् । वडा नम्बर ५ का वडा अध्यक्ष झगरु थारु आफ्नो वडामा पहिलो वर्षदेखि नै विद्युत् विस्तारको कामले प्राथमिकता पाएको बताउँछन् । वडा नम्बर ७ का वडा अध्यक्ष रामलखन थारु पनि वडामा विद्युत् विस्तार कै लाग बर्सेनि बजेट विनियोजन गरेर खर्च गरिरहेको बताउँछन् ।

राप्ती सोनारीले आव २०७६/७७ मा कुसुम ग्रामीण विद्युत् सहकारी संस्था लिबाट वडा नम्बर ३, ४ र ५ मा विद्युत् विस्तार उज्यालो कार्यक्रमको लागि अनुदान र तयारी थालेको छ । यस आर्थिक वर्षका लागि वडा नम्बर १ कुसुम ग्रामीण विद्युत् सहकारी संस्थामा आवश्यक सामग्री खरिद तथा व्यवस्थापन र विभिन्न विद्यालयमा विद्युत् विस्तारका लागि योजना तर्जुमा भएको थियो । वडा नम्बर ६ र ७ मा पनि विद्युत् पोल र विद्युत् विस्तारका योजना गरेका छन् । त्यसैगरी वडा नम्बर ८ को जिरोदेखि ओभरीसम्म बत्ती विस्तार र वडा नम्बर ९ का विभिन्न स्थनमा विद्युत् निर्माणका कार्यलाई निरन्तरता दिइएको छ ।

राप्ती सोनारी गाउँपालिकाले निर्माण गरेका यस्ता पूर्वाधारहरू थुप्रै रहेका छन् । बाढी प्रभावित क्षेत्रमा तटबन्ध निर्माण, खेलमैदानको विकासलगायत अन्य पूर्वाधार निर्माणमा पनि राप्ती सोनारीले महत्वपूर्ण कदम लिइरहेको छ । राप्ती सोनारीले पूर्वाधार निर्माण गरेको उपलब्धिले राप्ती सोनारीलाई बाँकेकौ नमुना र समृद्ध स्थानीय तहका रूपमा चिनाउँछ । पक्कै पनि यो तीन वर्षमा राप्ती सोनारीले गरेको पूर्वाधार विकासकै कारण आजको राप्ती सोनारी समृद्धि राप्ती सोनारीका रूपमा परिचित छ । साभारः सृमद्ध राप्ती सोनारी

Womui
Womui