२४ घण्टामा ५८१ थपिएसँगै नेपालमा २७२४१ संक्रमित, १०७ को मृत्यु

44

काठमाडौं- २४ घण्टामा ५८१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसले संक्रमित हुनेको कूल संख्या २७२४१ पुगेको छ । २४ घण्टामा ११५२० जनाको पीसीआर नमुना परीक्षणामा ५८१ जना कोरोना भाइरसका संक्रमित थपिएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै २४ घण्टामा १६० जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्कनेको संख्या १७४९५ पुगेको छन् भने कोरोना भाइरसको संक्रमणबाट नेपालमा कूल संक्रमितमध्ये १०७ जनाको ज्यान गएको छ ।

Womui
Womui