६४१ थपिए, नेपालमा २६६६० संक्रमित

40

काठमाडौं–पछिल्लो २४ घण्टामा ६४१ जना कोरोना भाइरसका संक्रमित थपिएसँगै नेपालमा संक्रमित हुनेको कूल संख्या २६६६० पुगेको छ । २४ घण्टामा १२२४७ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा ६४१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै २४ घण्टामा १३४ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्कनेको संख्या १७३३५ पुगेको छ ।

Womui
Womui