१ रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्य वृद्धि

55

काठमाडौं– १ रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको हो।
निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भए पनि ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ । निगमले १५ दिनको अवधिमा दोस्रोपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । नयाँ मूल्य समायोजन पछि डिजेल र मेटितेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको छ ।

Womui
Womui