पाठेघरको समस्याले पीडित महिलालाई पूर्व मन्त्री राईले गरे आर्थिक सहयोग

112
जनता समाजवादी पार्टीका नेपालगन्ज नगर युवा कमिटीका अध्यक्ष निर्मल ओलीलाई सहयोग हस्तान्तरण गर्दै पूर्वमन्त्री मोहम्मद इस्तियाक राई ।

नेपालगन्ज– पाठेघरको समस्याले पीडित महिलालाई उपचारको लागि पूर्वमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कमजोर रहेकी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ कि साहिबा सल्मानीलाई अप्रेसनका लागि प्रतिनिधि सभा सांसदसमेत रहेका पूर्वमन्त्री राईले नगद १० हजार रुपैयाँ दिएर सहयोग गरेका हुन् ।

नेता राईले जनता समाजवादी पार्टी नेपालगन्ज नगर युवा कमिटीका अध्यक्ष निर्मल ओलीलाई शुक्रबार उक्त रकम हस्तान्तरण गर्दै सल्मानीको उपचारमा आवश्यक परे थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यस अघि कोरोना महामारीबाट पीडित गरिब, विपन्न, दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग, लकडाउनका कारण समस्यामा परेका पत्रकारलगायतलाई नेता राईले राहत वितरण गरेका थिए ।

Womui
Womui