५९४ थपिए, नेपालमा २५५५१ संक्रमित, ९९ को मृत्यु

49

काठमाडौं- ५९४ जना कोरोना भाइरसका संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५५५१ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ११५७५ जनाको पीसीआर नमुना परीक्षणमा ५९४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

न्यस्तै  २४ घण्टामा २४० जना निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म निको भएर घर फर्कनेको संख्या १७०७७ पुगेको छ । त्यस्तै कोरोना भाइरसको संक्रमणले कूल संक्रमित मध्ये ९९ जनाको मृत्यु भएको छ ।

Womui
Womui