शंका नलागेसम्म कोरोना परीक्षण नगराउन आग्रह

179

काठमाडौं– आफूलाई शंका नलागेसम्म कोरोना परीक्षण नगर्न र नगराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । शंका लागेर कोरोना परीक्षणका लागि नमुना दिएका व्यक्तिबाट कोरोना भाइरस संक्रमण जनस्तरमा फैलिन सक्ने भन्दै कोरोना रिपोर्ट नआउन्जेलसम्मका लागि अनावश्यक हिँड्डुल र जनसम्पर्क नगर्न, कोरोना परीक्षण नतिजा पोजेटिभ आएपछि आफू कोरोना संक्रमित भएकोबारे सम्पर्कमा आएका व्यक्तिलाई जानकारी गराई उनीहरुको कोरोना परीक्षणमा सहयोग गरी विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण रोक्न सबैले भूमिका खेल्नसमेत मन्त्रालयले आग्रह गरेको छ ।

Womui
Womui