५२५ थपिए, नेपालमा २४९५७ संक्रमित, ९५ को मृत्यु

48

काठमाडौं– पछिल्लो २४ घण्टामा ५२५ जना कोरोना भाइरसका संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४९५७ पुगेको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ९८५९ स्वाब परीक्षण गरिकएकोमा ५२५ जना संक्रमित थपिएका हुन् । त्यस्तै २४ घण्टामा १०९ जना निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म निको भएर घर फर्कनेको संख्या १६८३७ पुगेको छ भने कोरोना संक्रमणले कूल संक्रमितमध्ये ९५ जनाको मृत्यु भएको छ ।

Womui
Womui