कान्तिपुर दैनिकका पत्रकार बानियाँ मृत अवस्थामा फेला

174

काठमाडौं–कान्तिपुर दैनिकका पत्रकार बानियाँ मृत अवस्थामा फेला परेका छन्। तीन दिनदेखि बेपत्ता बानियाँको शव मकवानपुरको मान्डु हाइड्रोपावरको फिल्टरमा अड्किएको अवस्थामा फेला परेको हो । शव बानियाँकै भएको उनकी छोरीले यकिन गरेको प्रहरीले जनाएको छ । उनी घरबाट सम्पर्कविहीन भएपछि परिवारले खोजी गरिदिन महानगरीय अपराध महाशाखामा निवेदन दिएका थिए। पत्रकार बानियाँ तीन दिन देखि सम्पर्कविहीन थिए। उनी परिवार साथीभाइ र कार्यालयको सम्पर्कमा नरहेको भन्दै कान्तिपुर दैनिकले समेत बुधबार बिहान उजुरी दिएको थियो।
विगत दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका बानियाँले केही समय नागरिक दैनिकमा पनि काम गरेका थिए।

Womui
Womui