पुनः राहत वितरण गर्दै बाँकेको राप्तीसोनारी

41

बाँके(राप्तीसोनारी)–राप्तीसोनारी गाउँपालिकाले पुनः राहत वितरण गर्ने जनाएको छ । पहिलो, दोस्रो र तेस्रो चरणको राहत वितरण गरिसकेको गाउँपालिकाले पुनः राहत वितरण गर्न थालेको हो ।

मंगलबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले गाउँपालिकामा रहेका दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग, अतिविपन्न र असाहय घरपरिवारलाई लक्षित गरेर राहत वितरण गर्ने निर्णय गरेको विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिए । अध्यक्ष थारुका अनुसार लकडाउनका कारण घरमै बस्न बाध्य भएका अतिविपन्न ज्याला मजदुरी गरेर खाने वर्ग र जो वास्तविक राहतको हकदार हो त्यस्ता व्यक्तिलाई राहत वितरण गरिने बताए । गाउँपालिकाले लकडाउनका समयमा कोरोना पीडितका लागि खरिद गरेको राहत सामग्री र यसबीच विभिन्न संघ संस्थाबाट प्राप्त खाद्यान्न सामग्री गाउँपालिकामा रहेका १ देखि ९ नम्बर वडाका लक्षित वर्गलाई वितरण गरिने अध्यक्ष थारुले जानकारी दिए ।

गाउँपालिकाले उक्त राहत सामग्री वडाकार्यालय हस्तान्तरण गर्ने छ । वडाकार्यालयबाट लक्षित वर्गलाई राहत सामग्री वितरण हुने गाउँपालिकाका कार्यकारी अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए । अधिकृत बस्नेतका अनुसार राहत सामग्रीमा ३ सय १३ क्वीन्टल चामल, १२ क्वीन्टल दाल, ४४ क्वीन्टल नुन, २ हजार १ सय लिटर खाने तेल, ६ क्वीन्टल सोयाविन, १ हजार २३० थान साबुन रहेको छ ।  

Womui
Womui