नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१ पुग्यो

34

काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८१ पुगेको छ । जनकपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ८१ पुगेको हो । धनुषाको विदेह नगरपालिका ८ का कोरोना संक्रमित ६० वर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
साउन ८ गते उपचारका लागि अस्पताल पुगेका उनको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि आइसोलेशनमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा सोमबार राति मृत्यु भएको प्रादेशिक अस्पतालले जानकारी दिएको छ । मृतक कोरोनाका साथै टिबी रोगबाट समेत ग्रसित थिए ।

Womui
Womui