प्रजिअ रामबहादुर कुरुम्वाङले उद्धार गरे गर्भवतीलाई

41

नेपालगन्ज– दुई दिनदेखि भौँताइरहेकी एक गर्भवती महिलाको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले उद्धार गरेका छन् । बाँकेका अस्पतालले टीकापुरकी गर्भवती चाँदनी शाहलाई भर्ना गर्न नमानेपछि प्रजिअको सम्पर्कका गएका उनलाई नेपालगन्ज मेडिकल कलेजले भर्ना गरेको हो ।
यस अघि अस्पतालले गर्भवती महिलाको उपचार गर्न मानेको थिएन । दुई दिन अघि बाँके आएकी टीकापुर–८ निवासी गर्भवती शाहले अस्पताल धाइरहेपनि उपचार भने पाइरहेकी थिइनन् । शाहलाई डाक्टरले डेलिभरि समय साउन २२ गते दिएको थियो । डाक्टरको सल्लाह अनुसार उनका परिवारले शाहलाई कोहलपुर शिक्षण अस्पतालमा लगेका थिए ।

अप्ठयारोमा गर्भवती महिला, अस्पतालले भर्ना लिन मानेनन्

Womui
Womui