अप्ठयारोमा गर्भवती महिला, अस्पतालले भर्ना लिन मानेनन्

101

नेपालगन्ज– अस्पतालले गर्भवती महिलाको उपचार गर्न नमानेपछि टीकापुरकी चाँदनी शाह अप्ठयारोमा परेकी छिन् । कोरोना महामारीको बहाना बनाउँदै अस्पतालले भर्ना गर्न नमानेपछि उनको स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने देखिएको छ । दुई दिन अघि बाँके आएकी टीकापुर–८ निवासी गर्भवती शाहले अस्पताल धाइरहेपनि उपचार भने पाइरहेकी छैनन् ।
शाहलाई डाक्टरले डेलिभरि समय साउन २२ गते दिएको थियो । डाक्टरको सल्लाह अनुसार उनका परिवारले शाहलाई कोहलपुर शिक्षण अस्पतालमा लगेका थिए ।
कोहलपुर शिक्षण अस्पतालले भर्ना नलिएपछि नेपालगन्ज शिक्षण अस्पताल पुगे । नेपालगन्ज शिक्षण अस्पतालले भर्ना नगरेपछि शाहलाई भेरी अस्पतालमा लगियो । तर भेरीले पनि भर्ना गर्न नमानेको चाँदनीका श्रीमान् गौरब शाहले बताए । पछिल्लो समय कोरोना भाइरस संक्रमणको कारण देखाउँदै अस्पतालले आपत्तकालिन समयमा समेत उपचार गर्न मानिरहेका छैनन् । जसले भर्गवती मारमा परेका छन् ।

Womui
Womui