३८० थपिए, नेपालमा २२९७२ संक्रमित

27

काठमाडौं- पछिल्लो २४ घण्टामा ३८० जना कोरोना भाइरसका संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २२९७२ पुगेको छ। २४ घण्टामा देशभर ८५१५ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा ३८० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४० जना निको भएर घर फर्किएका छन् । योसँगै घर फर्कनेको संख्या १६३५३ पुगेको छ ।

Womui
Womui