कोरोना संक्रमणबाट बाँकेमा ७० वर्षीय महिलाको मृत्यु

38

नेपालगन्ज–कोरोना भाइरसका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७० वर्षीया महिलाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिए । मृतक महिला कोहलपुर नगरपालिका वडा नम्बर २ निवासी हुन् । योसँगै कोरोना भाइरसका कारण जिल्लामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि बाँके, नरैनापुर गाउँपालिका वडा नम्बर ५ का २४ वर्षीय युवक र बैजनाथ गाउँपालिका निवासी महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको थियो ।

Womui
Womui