तस्बिरमा नेपालगन्ज, आपतविपत् परे सम्पर्क गर्न प्रजिअ कुरुम्वाङको आग्रह

133

नेपालगन्जमा–शनिबार राति १२ बजेदेखि लागू हुने गरी नेपालगन्ज उपमहानगरपालिकाका चार किल्ला सिल गरिएको छ । मंगलबार राति १२ बजेसम्मका लागि सिल गरिएको एरियाबाट  अस्पताल जाने बिरामी, सरकारी कर्मचारी, सञ्चारकर्मी तथा जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको पास प्राप्त व्यक्तिबाहेक कसैले आवत–जावत गर्न पाउने छैनन् ।

सिल गरिएको क्षेत्रमा सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोक, गणेशमान चोकबाट चारबाहिनी चोक, पीपलचौतारा हुँदै बाँके गाउँ, बाँके गाउँबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखि बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्लाभित्रको क्षेत्र रहेका छन् । उक्त क्षेत्रमा अहिले सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले पछिल्ला समय बाँकेमा कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि नाका सिल गरिएको बताए । सिल गरिएको क्षेत्रमा अनावश्यक रुपमा हिँड्डुल नगर्न आग्रह गर्दै प्रजिअ कुरुम्वाङले अनावश्यक रुपमा हिँड्डुल गरेको पाइए कानुनी कारबाहीसमेत गरिने बताए । प्रजिअ कुरुम्वाङले आपत विपत परे ९८५८०२७७७७, ९८४१२२६१७४, ९८५८०५५५५५, ९८५१२७२११७, ०८१-५२७०६८ र ९८५८०३७०७७ सम्पर्क गर्न सकिने जानकारी दिँदै भारतीय नाकामा कडाइ साथ आवतजावतमा रोक लगाइएको बताए । खुला सीमामा कारण लुकिछिपी नेपाल भित्रिने सम्भावनालाई मध्यनजर गर्दै ती क्षेत्रमा विशेष सुरक्षा गस्ती परिचालन गरिएकोसमेत प्रजिअ कुरुम्वाङले जानकारी दिए ।

Womui
Womui