प्रदेश ५ मा गरिएको कोरोना बिमामा महासंघको मनोमानी

191

बाँके– बाँके जिल्लामा रहेका पत्रकारको कोरोना बिमा गराउँदा महासंघले मनोमानी गरेको पाइएको छ । प्रदेश ५ सरकारको आर्थिक सहयोगमा उपलब्ध कोरोना बिमामा हाल अधिकांश निस्क्रिय रहेका पत्रकार र विदेशमा रहेका पत्रकारसमेतको कोरोना बिमा गराएको पाइएको हो ।

५ नम्बर प्रदेश सरकारको आर्थिक सहयोगमा बाँकेका पत्रकारलाई कोरोना बिमा गराउने भनेर आएको सुविधालाई नेपाल पत्रकार महासंघ प्रदेश ५ समिति र नेपाल पत्रकार महासंघ बाँके शाखाले मनोमानी तवरले बाँके जिल्लाका क्रियाशील पत्रकार भन्दै ११३ जनाको कोरोना बिमा गराएको छ । उक्त बिमाको राशि १ लाख रुपैयाँ रहेको छ ।

बाँकेमा क्रियाशील रहेका सेतोखरी अनलाइन र सद्भाव पत्रिका सहसम्पादक विजय मल्ल, बागेश्वरी टेलिभिजनका संचारकर्मी दिलबहादुर केसी उर्फ प्रियास्मृति ढकाल, कृष्णसार एफएमका अमृता केसी, भेरी एफएमका नन्दलाल साहू, पीपलबोट दैनिकका चेतकान्त भट्टराईलगायत थुप्रै पत्रकारलाई छुटाएको छ भने पत्रकार महासंघका साधारण सदस्यसमेत नरहेका जाबेद अहमद शाह, रामु ओली, ज्ञानु खड्का, दिपेश आचार्य, जागेश्वर थारुलगायतका पत्रकार र नेपाल बाहिर विदेशमा रहेका प्रेमसिंह सुनारकोसमेत कोरोना बिमा गराइएको छ ।

महासंघले यसरी पत्रकार महासंघमा सदस्यता नभएकालाई पनि आग्रहपूर्वाग्रह र नातावादका आधारमा कोरोना बिमामा सहभागी गराउन पाउने हो भने महासंघमा सदस्यता नभएका सबै पत्रकारको बिमा गराउनु पर्ने संचारकर्मी प्रियास्तृति ढकालले बताए । सबै पत्रकारको छाता संगठन महासंघ जस्तो गौरवशाली संस्थाले पत्रकारलाई विभेद गर्न नहुने ढकाल बताउँछन् । ढकालका अनुसार महासंघले मनोमानी तवरले विदेशमा रहेका पत्रकारको बिमा गराउनु दुखद रहेको बताए । महासंघले अन्य अवस्थामा जेजस्तो गरे पनि कोरोना भाइरसको महामारीले निम्त्याएको विपत्तिको बेला मनोमानी तवरले निस्क्रिय पत्रकारको बिमा गराएको प्रति क्रियाशील पत्रकारलाई पक्षपात गरेर मनोबल घटाउने काम गरेको दुखेसो पोखे । यस्तो अवस्थामा महासंघले यथाशीघ्र क्रियाशील पत्रकारको छानबिन गरी निस्क्रिय पत्रकारको कोरोना बिमा रद्द गरी क्रियाशील पत्रकारलाई प्रदेश ५ सरकारले दिएको सेवाबाट वञ्चित गर्न नहुने ढकाल बताउँछन् ।

प्रदेश सरकारसँगको सहकार्यमा नेपाल पत्रकार महासंघ प्रदेश ५ समितिले प्रदेश ५ का ७४३ क्रियाशील पत्रकारको रु. १०००००। (एक लाख) को कोरोना विमा गरिएकोमा बाँकेका पत्रकारको नामावली महासंघ प्रदेश ५ समितिका महासचिव भेषराज बस्नेतको फेसबुक वालमा देखिएलगत्तै बाँके जिल्लामा सक्रिय रुपमा पत्रकारिता गरिरहेका पत्रकारले त्यसको विरोध गरेका छन् ।  सरकारबाट प्राप्त सुविधा मनोमानी तवरले प्रयोग गर्न नहुने अधिकांश पत्रकार बताउँछन् ।

Womui
Womui