बाँकेका क्रियाशील पत्रकारलाई निस्क्रियको बिल्ला !

101
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली ।

बाँके– बाँके जिल्लालाई कर्मक्षेत्र बनाएर क्रियाशील रहेका पत्रकारलाई निस्क्रियको बिल्ला भिराइएको भन्दै नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले आपत्ति जनाएका छन् । बाँके जिल्लामा रहेर पत्रकारिता गरिरहेका क्रियाशील पत्रकारलाई प्रदेश ५ सरकारको आर्थिक सहयोगमा उपलब्ध कोरोना बिमामा सहभागी नगराई गैह्र पत्रकारलगायत बाँके जिल्लामा नरहेका पत्रकारको बिमा गराएको प्रति अध्यक्ष ‌ओलीले आपत्ति जनाएक हुन् । प्रदेश सरकारको सहकार्यमा नेपाल पत्रकार महासंघ प्रदेश ५ समितिले बाँके जिल्लाका क्रियाशील ११३ जना पत्रकारको १ लाख रुपैयाँ बराबरको कोरोना बिमा गरेको जनाएको छ ।

अध्यक्ष ओलीले प्रदेश ५ सरकारबाट प्राप्त सुविधा पाउँदा खुसी हुनु पर्नेमा जिल्लामा सक्रिय रुपले काम गरिरहेका धेरै पत्रकारलाई उक्त सुविधाबाट वञ्चित गराएकोमा दुःख व्यक्त गरेका छन् । पत्रकारको बिमा गर्दा कुन मापदण्ड अनुसार गरिएको भन्दै अध्यक्ष ओलीले बिमामा सहभागी पत्रकार के साँच्चिकै क्रियाशील पत्रकार हुन् भन्ने प्रश्नसमेत नेपाल पत्रकार महासंघ प्रदेश ५ समितिलाई गरेका छन् ।

श्रमजीवी पत्रकारका लागि कोरोना बिमामार्फत् प्रदेश ५ सरकारले आर्थिक सहयोग गरेको धन्यवाद दिँदै जिल्लास्थित धेरै सक्रिय पत्रकार छुटाएकोमा दुख व्यक्त गर्दै कोरोना बिमाबारे पत्रकार महासंघ प्रदेश ५ समितिका महासचिव भेषराज बस्नेतलाई बुझ्दा पत्रकार महासंघ बाँकेले सिफारिस गरेअनुसार कोरोना बिमा गरिएको बताए । अध्यक्ष ओलीले बीमा कुन मापदन्ड अनुसार गरिएको हो ? त्यहाँ उल्लेख गरे अनुसार यदि क्रियाशील पत्रकारको मात्र बिमा गरिएको हो भने बिमा सुविधामा के साँच्चै जिल्लाका सबै क्रियाशील पत्रकार समेटिएका छन् त ? बिमा गरिएका १ सय १३ जना सबै व्यक्ति अहिले पत्रकारिता पेशामा आवद्ध हुनुहुन्छ ? जो रातदिन नभनी कोरोना भाइरसको जोखिम मोलेर पत्रकारिताको कर्म गरिरहनु भएको छ, उहाँहरुलाई “निष्क्रिय” को बिल्ला भिडाउने पत्रकार महासंघको काम हो ? जस्ता प्रश्न राख्दै पत्रकार महासंघ प्रदेश समिति र बाँके शाखालाई स्पष्ट गरिदिन आग्रह गरेका छन् ।

अध्यक्ष ओलीलगायत बाँके जिल्लामा सक्रिय रुपमा पत्रकारिता गरिरहेका पत्रकारले पनि सरकारबाट प्राप्त सुविधाबाट आफूलाई वञ्चित गरेको भन्दै असन्तुष्टि जनाएका छन् । प्रदेश सरकारसँगको सहकार्यमा नेपाल पत्रकार महासंघ प्रदेश ५ समितिले प्रदेश ५ का ७४३ क्रियाशील पत्रकारको १ लाख रुपैयाँ बराबरको बिमा गराएको जनाएको छ ।

Womui
Womui