युवाले दिए उपमहानगरपालिकालाई स्वास्थ्य सामग्री

52

नेपालगन्ज–हाम्रो सानो प्रयासको आर्थिक सहयोगमा नेपालगन्जका युवाले नेपालगन्ज उपमहानगरपालिकालाई क्वारेन्टाइन र आइसुलेशन सेन्टरलाई आवश्यक सामग्री सहयोग गरेका छन् । कोभिड–१९ कोरोना भाइरसको संक्रमणलाई रोक्न स्थानीय निकायलाई अप्ठयारो परिरहेका बेला स्थानीय युवाको पहलमा उपमहानगरपालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।

नेपालगन्जका स्थानीय युवा आतंक बस्नेतको नेतृत्वमा गएको टिमले शनिबार नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवल शमसेर राणालाई स्वास्थ्य सामग्री हस्तान्त्रण गर्‍यो । सहयोग गरिएको सामग्रीमा एन–९५ मास्क १ सय ८० थान, १ सय ९२ थान सेनिटाइजर, १ सय ५० थान झुल, २ सय ४० थान टुथपेस्ट र ब्रस, १ सय ५० थान साबुन, ५० थान टावेल, ५० थान सेनिटेरी प्याड, १० थान पिपिइ सेट र १० थान फेस शिल्ड रहेका छन् ।

उपमहानगरपालिलाई सहयोग गर्ने कार्यमा नेपालगन्जका स्थानीय समाजसेवी एवम् शिक्षाकर्मी बस्नेत सँगै पुकार बम, बिमल प्रधान, कशिम सिद्धिकी, रितेश नाग, श्रीराम पौडेल र बिमल खड्का लगायतले सहयोग गरेका थिए । संकटको समयमा स्थानीय तहलाई ब्यवस्थापन गर्न समस्या भएकोले आवश्यक किटस सहयोग गरेको बस्नेतले बताए । उनले भने, ‘नेपालगन्जमा अहिले हरेक दिन संक्रमितको संख्या बढिरहेको छ । व्यवस्थापन गर्न चुनौती बनिरहेको छ । स्थानीय निकायको स्रोत साधानले मात्र कोरोना नियन्त्रण सम्भव छैन । यसका लागि सबैले आआफनो क्षेत्रबाट सहयोग गर्नु पर्छ । हामी आगामी दिनमा सक्दो सहयोग गर्ने प्रयास गछौं ।’

लकडाउनको समयमा आतंक बस्नेतसहितको टिमले हाम्रो सानो प्रयास लगायतका संस्थाहरुसँग मिलेर सीमा नाका क्षेत्रमा रहेको होल्डिङ सेन्टर, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा संचालनमा रहेको क्वारेनटाइनमा बसेका मानिसलाई खाना खुवाउने अभियान गरेको थियो । नेपालगन्जको बुद्धदय युथ क्लबको समन्वय र हाम्रो सानो प्रयास अभियानको आर्थिक सहयोगमा दसगजामा बसेका नेपालीलाई लक्षित गरेर खाना खुवाउने अभियान गरिएको थियो । बस्नेतको संयोजकत्वमा सुरु भएको अभियान अन्तर्गत हजारौं मानिसलाई खाना खुवाइएको थियो ।

Womui
Womui