बाँकेमा कोरोना संक्रमितको १९ घण्टापछि उद्धार, एम्बुलेन्स बाधक

65

नेपालगन्ज– बाँकेको नेपालगन्जमा कोरोना भाइरस पोजेटिभ देखिएका दुई संक्रमितको १९ घण्टापछि उद्धार भएको छ । उद्धारमा एम्बुलेन्सबाधक बनेको सम्बन्धित निकायले जनाएको छ । पछिल्लो समय कोरोना भाइरसका बिरामी घट्दै गएपछि संक्रमितलाई ओसारपसार गर्ने एम्बुलेन्सको संख्या घटाइएको उपमहानगरपालिकाले जनाएको छ । एम्बुलेन्सको संख्या घटाएर हाल एउटै एम्बुलेन्सबाट संक्रमित ओसारपसार गर्दा धेरै समय लागेको नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमाथापा मगरले जानकारी दिएकीछिन् । गत बुधबार नेपालगन्जस्थित एक सरकारी कार्यालयबाट लिइएको स्वाबमा दुई कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि शुक्रबार राति ८ बजे खबर आएको थियो ।

बाँकेमा कोरोना रोकथामका लागि विभिन्न प्रभावकारी संयन्त्र परिचालन गरिए पनि सम्बन्धित निकायको लापरबाहीका कारण कोरोना नियन्त्रण प्रभाकावकारी देखिएको छैन । हुन त नेपालगन्जमा सुरक्षा निकायका प्रमुखद्वारा माक्स बाँड्दै सचेतना फैलाउनुका साथै निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कारबाहीसमेत गरेर कोरोना नियन्त्रण प्रभावकारी बनाउने प्रयास नगरिएको भने होइन । तर पछिल्लो दुई दिन यता कोरोना संक्रमितले लामो समय बित्दा पनि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका जिम्मेवार व्यक्ति संक्रमितको सम्पर्कमा नआउँदा कोरोना नियन्त्रणमा लापरबाही गरेको पुष्टि गर्दछ ।

बिरामीलाई औषधिले मात्र निको गर्ने नभई परामर्शले पनि ठूलो भूमिका खेल्ने भएकाले यस्तो समयमा जिम्मेवार निकाय कानमा तेल हालेर बस्दा अहिलेसम्म प्रभावकारी रुपमा कोरोना रोकथाममा महत्तवपूर्ण भूमिका निर्वाह गरेको बाँकेको कोरोना रोकथाममा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र यसपटक भने चुकेको स्थानीय इन्द्रा बुढामगरले बताइन् । पछिल्लो झन्डै १९ घण्टा त्रासपूर्ण अवस्थामा बिताउनु परेको जानकारी दिँदै बुढामगरले भनिन्,‘हामी पनि कुरा बुझ्छौं । बाँकेमा संक्रमित बढेका बढ्यै छन् । यस्तो अवस्थामा सबैलाई आइसोलेसनमा लैजाँदा समय लाग्छ । तर सम्बन्धित व्यक्ति सम्पर्कमा आएर परामर्श गरेको भए त्रासपूर्ण माहोलमा हामीलगायत संक्रमितका घर परिवार बस्नु त पर्दैन्थ्यो ।’

संक्रमितको उद्धारमा बाधक बनेको एम्बुलेन्सले पछिल्लो समय संक्रमित उद्धारमा खटिँदा नेपालगन्ज उपमहानगरपालिकाले पैसा नदिँदा संक्रमित नबोकेको आरोप पनि लागेको छ । उक्त आरोपको खण्डन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले भने त्यो आरोप निराधार भएको बताएकी छिन् । ‘पैसा नपाएको भन्ने एकदम गलत हो । १० दिनको अन्तरमा बस्ने विपद् व्यवस्थापनबाट हामीले सबै पैसा तिर्ने गरेका छौं । अहिलेसम्म पैसा पाएन भनेर मलाई कसैले पनि भनेका छैनन् । पैसा नदिएको भन्ने गलत अफवाह हो ।’

बाँकेमा १५ घण्टा बित्दा पनि संक्रमितको भएन उद्धार, स्थानीय त्रसित

‘बाँकेमा कोरोना नियन्त्रणमा लापरबाही’

Womui
Womui