बाँकेमा १५ घण्टा बित्दा पनि संक्रमितको भएन उद्धार, स्थानीय त्रसित

107

नेपालगन्ज– कोरोना भाइरस पोजेटिभ देखिएका दुई संक्रमितको १५ घण्टा बित्दा पनि उद्धार हुन सकेको छैन । संक्रमितको उद्धार नहुँदा स्थानीय त्रसित बनेका छन् । बाँकेमा कोरोना रोकथामका लागि विभिन्न संन्यत्र अपनाए पनि जिम्मेवार निकायले भने आदेश लात्दै जिम्मेवारीबाट पन्छिएका छन् ।
शुक्रबारको आएको पीसीआर परीक्षणको रिपोर्ट आएपछि ती दुई संक्रमितलाई फोकल पर्सन भन्दै ९८५८०५१४१४ बाट कोरोना पीडितलाई खबर गरिएको थियो । कोरोना संक्रमितका अनुसार फोनमा कोरोनाको रिपोर्ट पोजेटिभ आएको जानकारी गराउँदै आइसोलेसनमा बस्ने कि होटलमा बस्ने सोधेका थिए । होटलमा बसेको १ जनालाई प्रतिदिन ५ हजार रुपैयाँका दरले लाग्ने भए पनि दुई जनालाई २५ सय रुपैयाँका दरले लाग्ने जानकारी पाएपछि आफूले खर्च धान्न नसक्ने भन्दै आइसोलेसनमा बस्ने जानकारी पीडितले दिएका थिए । आइसोलेसनमा बस्ने जानकारी दिएका कारण आफ्नो उद्धार हुन नसकेको हुन सक्ने पीडितले आकलन गर्दै दुखेसो पोखेका छन् ।
यता कोरोना भाइरसबाट संक्रमित भएको जानकारी छरछिमेकमा फैलिएपछि स्थानीय त्रसित बनेका छन् । बाँकेमा स्थानीयस्तरमा कोरोना भाइरस फैलिएको चर्चा चलिरहेका बेला जिल्लास्थित जिम्मेवार निकायले यसतर्फ ध्यान नदिँदा स्थानीय त्रसित बनेका हुन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका जिम्मेवार व्यक्तिलाई यसबारे बारम्बार फोन गर्दा सम्पर्क हुन सकेको छैन । लामो समय फोन गर्दा पनि उनीहरुको फोन नउठ्दा स्थानीय झनै त्रसित बन्दै गएका छन् ।

यसबारे बुझ्न जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठलाई बारम्बार सम्पर्क गर्दा फोन उठेन ।

‘बाँकेमा कोरोना नियन्त्रणमा लापरबाही’

Womui
Womui