एकै परिवारका १४ जनामा कोरोना संक्रमित

56

मोरङ – मोरङको रंगेली नगरपालिकामा एकै परिवारका १४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट एकै परिवारका १४ जनासहित २२ जनामा कोरो संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।
एकैपटक २२ जनामा संक्रमण देखिएपछि नगरपालिकाले रंगेली बजार क्षेत्र अर्को सूचना जारी नभएसम्मका लागि सिल गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत टोम प्रसाद सुवेदीले जानकारी दिए।
१४ जना संक्रमित भेटिएको परिवारमा एकजना महिला १५ दिन अघि भारतको नयाँ दिल्लीबाट आएकी थिइन् । सुवेदीले उनको भने परीक्षण हुन बाँकी रहेको बताएका छन् । भारतबाट आएपछि उनी विराटनगरस्थित एक अस्पतालमा उपचाररत आफ्ना बुवालाई पनि भेट्न पुगेकी थिइन् । उनका बाबुको अस्पतालमै मृत्यु भएको थियो ।
यसबाहेक अन्य ८ जनालाई पनि संक्रमण देखिएको छ । तीमध्ये तीन जना रंगेली अस्पतालमा कार्यरत कर्मचारी हुन् । जसमा दुईजना प्राविधिक र एकजना भान्से छन् ।

Womui
Womui