घर पठाइएका सबैमा कोरोना पुष्टि

69

कैलाली – कैलालीमा कोरोना संक्रमणक रिपोर्ट नआउँदै घर पठाइएका सबैमा कोराना सक्रमण पुष्टि भएको छ । सोमबार कैलालीमा घर पठाइएका ४५ जनामध्ये ४४ जनमा कोरोना संक्रमण को पुष्टि भएको हो । जसमध्ये १ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार सोमबार गोदावरी नगरपालिकाका ४२, गौरीगंगा नगरपालिकाका २ र टीकापुर नगरपालिकाका १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । टीकापुरका एक जनाबाहेक अन्य स्थानीय तहका संक्रमितलाई साउन ११ गते स्वाब संकलन गरेर क्वारेन्टिनबाट घर पठाएको पाइएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए ।
गोदावरी नगरपालिकाका स्वास्थ्यष शाखा प्रमुख वीरबहादुर कुँवरले स्वाब संकलन गरेर सुरक्षित रुपमा घर बस्न पठाएको बताए । ‘११ गते स्वाब संकलन गरेर हामीले घर सुरक्षित बस्न भनेर पठाएका हौं, उहाँहरू अहिले पनि हाम्रो सम्पर्कमा हुनुहुन्छ’ उनले भने ।
उनका अनुसार गोदावारी नगरपालिका(११ मा ३४ जना, वडा नम्बर १२ र ३ मा ४ र ४ जना संक्रमित भेटिएका छन् । संक्रमितहरु १४ दिन क्वारेन्टिन बसेपछि स्वाब दिएर घर गएका हुन् । उनीहरु घर गएको पनि १ साता भइसकेको छ ।
कैलालीमा अहिलेसम्म १ हजार १ सउ ९७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

Womui
Womui