स्वयंसेवकको जलेर मृत्यु

78

रुपन्देही – रुपन्देहीको देवदह ७ को क्वारेन्टिनमा स्वयंसेवकको रुपमा काम गरेका एक युवकको मंलबार जलेर मृत्यु भएको छ । देवदह ५ का २४ वर्षीय विपिन बस्याल आगोले जलेर गाइते भएपछि लुम्बिनी प्रादेसिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।
देवदह ७ सित्तलनगरस्थित मगर संघको भवनमा राखिएको क्वारेन्टिनमा उनी १० दिनदेखि गार्डको रुपमा खटिएका थिए । आज बिहान पौने ४ बजेतिर क्वारेन्टिन भएको समुदायिक भवनको आगनमा मानिस जल्दै गरेको देखेपछि क्वारेन्टिनमा बस्नेहरु र स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रारम्भिक अनुसन्धानमा ती युवकले आज बिहान करिब पौने ४ बजेतिर क्वारेन्टिन राखिएको भवनको आँगनमा आफ्नै शरीरमा मट्टीतेल खन्याएर आगो लगाएको बताइएको छ । देवदह प्रहरीचौकीका इन्चार्ज प्रहरी निरीक्षक दीपक महतले घटना किन र कसरी घटयो अनुशन्धान भइरहेको बताएका छन् ।
मृत्तक युवकले स्वास्थ्यसम्बन्धी नै अध्ययन गरिरहेको पनि बताइएको छ ।

Womui
Womui