‘कटान नियन्त्रणका लागि गाउँपालिकाले ठोस कदम चाल्छ’ अधिकृत खराल

65

बाँके(नरैनापुर)– बाँकेको नरैनापुर गाउँपालिकामा राप्ती नदीले गरिरहेको कटानको निरीक्षण गरिएको छ । भोजभगवानपुरमा राप्ती नदीले गरिरहेको कटानको अवस्था, त्यसले पार्न सक्ने थप क्षति र कटान नियन्त्रणका बारेमा सोमबार गाउँपालिकाले निरीक्षण गरेको छ । अध्यक्ष इस्तियाक अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल लगायतले त्यहाँको बस्तुस्थितिबारे निरीक्षण गरेका छन् । त्यस क्षेत्रमा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयबाट जनताको तटबन्ध कार्यक्रम मार्फत् तारजालीको काम भए पनि त्यो पर्याप्त छैन । ‘तारजाली गर्ने, बालुवा भरेर बोरा राखेर कटान नियन्त्रणको प्रयास गरिए पनि त्यो पर्याप्त छैन, वडा नम्बर ५ र ६ को सिमानामा नदीले कटान सुरु गरिसकेको छ, अब कटान नियन्त्रणका लागि गाउँपालिकाले ठोस कदम चाल्छ,’ प्रमुख प्रशासकीय अधिकृत खरालले भने, ‘दीर्घकालीन समाधानका लागि प्रदेश सरकारसँग पहल गर्छौं ।’

Womui
Womui