नेपालमा संक्रमित दर बढ्दै, २४ घण्टामा ४१८ थपिए

28

काठमाडौं – पछिल्लो समय नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार २४ घण्टामा पीसीआर विधिबाट गरिएको नमुना परीक्षणमा ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २०७५० पुगेको छ भने संक्रमितमध्ये ५८ जनाको ज्यान गएको छ ।

Womui
Womui