स्रोत नखुलेको झन्डै ९ लाख रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुखसहित २ पक्राउ

152

नेपालगन्ज–बाँके राष्ट्रिय निकुञ्जका प्रमुखसहित २ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा बुटवल कार्यालयबाट खटी आएका अख्तियारका कर्मचारीले निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षक विष्णु रोकायलाई पक्राउ गरेको हो ।

उनीहरुबाट ३ लाख ४८ हजार नगद र बैंकमा जम्मा गरेको ५ लाख ५० हजार रुपैयाँ बैंकमा ज्ममा गरेको भौचरसहित झन्डै ९ लाख श्रोत नखुलेको रकमसहित रुपन्देहीको सैनामैनाबाट पक्राउ गरिएको आयोगका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिएका छन् ।

भट्टराई र रोकायलाई श्रोत नखुलेको रकमसहित बाँके निकुञ्जको सरकारी गाडीबाटै नियन्त्रणमा लिइएको हो । पक्राउ परेका उनीहरुलाई अख्तियारको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

Womui
Womui