करेन्ट लागेर दाङमा दुई दाजुभाइको मृत्यु

160

दाङ–करेन्ट लागेर दाङमा दुई दाजुभाइको मृत्यु भएको छ । जंगली जनावर बँदेल मार्न मकैबारीमा थापेको करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१ हर्नौकका १० वर्षीय तेजबहादुर रावत र १४ वर्षीय वीरबहादुर रावत रहेका छन् । सोही घटनामा मृतकका बुबा ३७ वर्षीय दिलबहादुर रावत घाइते भएका छन् ।
घाइते रावतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । बारीमा जंगली बँदेल आएर मकै आएपछि मार्नका लागि जोडिएको करेन्टमा परी दुई जनाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Womui
Womui