४ सुरक्षाकर्मीसहित ७० जनालाई संक्रमण

66

पर्सा–जिल्लामा ४ सुरक्षाकर्मीसहित ७० जनालाई कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । संक्रमित हुनेमा १२ जना महिला पनि रहेका छन् ।
नारायणी अस्पतालको पीसीआर ल्याबले सोमबार उपलब्ध गराएको विवरणमा जिल्ला प्रहरी कार्यालय पर्साका दुई, श्रीपुर वडा प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी र एक नेपाली सैनिक संक्रमित भएका छन् ।
टोलटोलमै गएर परीक्षण गर्न थालेपछि समुदायमा रहेका संक्रमित फेला पर्न थालेको नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले बताए । नयाँ थपिएका संक्रमितमा १० वर्षीया बालिका र ७७ वर्षसम्मका वृद्ध छन् ।

Womui
Womui