पहिरोले १० को मृत्यु

112
सांकेतिक तस्बिर

नेपालगन्ज – आइतबार राती गएको पहिरोका कारण १० जनामो मृत्यु भएको छ । सिन्धुपाल्चोकको मेलम्ची र पाँचपोखरीमा पहिरोका कारण पुरिएर १० जनाको मृत्यु भएको हो ।
पहिरोका कारण बेपत्ता भएका मेलम्ची नगरपालिका–११ का ८ जनाकै शव सोमबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्थोकले जनाएको छ साथै पाँचपोखरी थाङपाल गाउँपालिका–२, बरुवामा पनि पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको हो ।
मेलम्चीमा कभर्डहल निर्माणका कामदार बसेको घर गए राती पहिरोले गर्दा ९ जना बेपत्ता भएका थिए । जसमा भारतीय नागरिक बारु साहको जीवितै उद्धार गरिएको थियो ।
मृत्यु हुनेमा वीरगन्जका ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदीप चौरसिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र भारतीय नागरिक राजेन्द्र चौधरी रहेका छन् ।
यस्तै पाँचपोखरी थाङपालमा राति सुतिरहेका बेला आएको पहिरोले घर पुर्दा ४८ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी पत्नी लक्ष्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Womui
Womui