वृद्धवृद्धा र बालबालिकालाई घरभित्रै रहन आह्वान

78

काठमाडौं– वृद्धवृद्धा र बालबालिकालाई घरबाहिर ननिस्कन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । पछिल्लो समय नेपालमा लकडाउन खुलेपछि कोरोना भाइरसको लक्षण नै देखिने र त्यसले मृत्युसमेत निम्त्याउन थाले पछि मन्त्रालयले यस्तो आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६० वर्षभन्दा माथि र साना बालबालिकामा कोरोना भाइरसको उच्च जोखिम रहने भन्दै सकेसम्म घर बाहिर नजान आग्रह गरेका हुन् । सामाजिक दूरी कायम गरे कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने रोग हो । नेपालमा शहरी इलाकामा कोरोना भाइरसको संक्रमणले भयावह अवस्था सिर्जना गर्न सक्ने जोखिम देखिएको छ । भित्रभित्रै भुसको आगो सरह फैलिएको कोरोना छिट्टै विष्फोटनको अवस्था आउन सक्ने भन्दै विज्ञहरुले सरकारलाई पुनः कडा लकडाउनमा जान सुझाव दिइरहेका छन् ।

Womui
Womui