बाढीले कैलालीमा ३ को मृत्यु

75

कैलाली–अविरल वर्षासँगै आएको बाढीमा बगेर कैलालीमा ३ जनाको मृत्यु भएको छ । काँडा, पर्थैया, कान्द्रा र मोहोना नदीमा आएको बाढीको भेल बस्तीमा पस्दा बुधबार भजनी नगरपालिका-८ का ३ जना बेपत्ता भएका थिए ।

यसअघि बिहीबार भजनी नगरपालिका-८ सोनाफाटाका ११ वर्षीय स्केल चौधरी र शुक्रबार बिहान सोही ठाउँका ४० वर्षीय ईश्वर शाहीको शव फेला परिसकेको थियो भने शुक्रबार भजनी नगरपालिका-८ का ३२ वर्षीय चन्द्र विकको परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Womui
Womui