२२४ थपिए, नेपालमा १९७७१ संक्रमित

42

काठमाडौं– पछिल्लो २४ घण्टामा २२४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १९७७१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतम अनुसार २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसीआर विधिबाट गरिएको नमुना परीक्षणमा २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म निको भएर घर फर्कनेको संख्या १४३९९ पुगेको छ भने नेपालमा देखिएका संक्रमितमध्ये ५६ जनाको मृत्यु भएको छ।

Womui
Womui