२७४ थपिए, नेपालमा १९५४७ संक्रमित

50

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १९५४७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ६ हजार ३ सय ४ जनाको पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २२७ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै संक्रमणबाट निको भएर घर फर्कनेको संख्या १४२४८पुगेको छ भने संक्रमितमध्ये ५२ जनाको मृत्यु भएको छ।

Womui
Womui