दलित एकता सञ्जालमा नरेश

220

बाँके(नरैनापुर)–दलित एकता सञ्लाल बाँकेको प्रथम वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । सम्पन्न साधारण सभाले चरेश चमारको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । साधारण सभाले उपाध्यक्षमा बुधराम चमार, सचिव अशोक कुमार हरिजन, सहसचिव हरि शंकर धोबी र कोषाध्यक्षमा रामकुमारी धोबीलाई चयन गरेको छ । त्यस्तै सदस्यमा राम नरेश रैदास, सेवारा चमारिन, अञ्जनी कुमारी रैदास, मालतीदेबी रैदास, प्रेम नारायण रैदास र तिरथराम पासीलाई छनोट गरेको छ ।

साधारणसभाका प्रमुख अतिथि रहेका नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सामाजिक रुपान्तरणका लागि दलित एकता सञ्जालले समाजमा महत्त्वपूर्ण भूमिका खेल्न महत्वपूर्ण भूमिका निभाउनु पर्ने औंल्याउँदै सञ्जालले उठाएका मुद्दामा गाउँपालिकाको सदैव साथ सहयोग हुने बताएका छन् ।

साधारणसभामा वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाह, ३ का अध्यक्ष राजकुमार मौर्यलगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

Womui
Womui