उकालो लाग्दै सुनको मूल्य

146

नेपालगन्ज–विश्वव्यापी आर्थिक मन्दीका कारण सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । गत बुधबारदेखि उकालो लागेको सुनको मूल्यमा ब्रेेक लाग्न सकेको छैन ।
गत बुधबार ९४ हजार रुपैयाँ निर्धारण गरिएको सुनको मूल्य आज (मंगलबार) भने ९८ हजार २ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ । सोमबार सुनको मूल्यले बनाएको नयाँ रेकर्डसँगै आज थप सुनको मूल्यमा वृद्धि भएका कारण सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।
सोमबार ९७ हजार ५ सय रुपैयाँ सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेका थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) छापावाल सुनको मूल्यमा प्रतितोला ७ सय रुपैयाँ बढेसँगै ९८ हजार २ सय रुपैयाँ सुनको मूल्य कायम भएका कारण सुनको मूल्यले फेरि नयाँ रेकर्ड कामय गरेको छ ।
सुनको मूल्यमा भएको वृद्धिका कारण सुनको मूल्यमा प्रतितोला १ लाखभन्दा माथि पुग्ने नेपालगन्जका व्यवसायी बताउँछन् । यसका साथै सुनको मूल्यमा भएको वृद्धिका कारण सुन खरिद गर्ने भन्दा सुन बिक्री गर्ने ग्राहकको संख्यामा वृद्धि भएको छ ।

Womui
Womui