मृगौला पीडितले गरे सहयोगको याचना

295
कोहलपुर मेडिकल कलेजमा उपचाररत नरेन्द्र बोहोरा ।

नेपालगन्ज– आर्थिकस्थिति कमजोर रहेका राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ टिकुलीपुरका नरेन्द्र बोहोराको दुवै मृगौलामा समस्या आएपछि सहयोगको याचना गरेका छन्। मृगौला पीडित बोहोराको ३ वर्षदेखि दुवै मृगौलामा खराबी देखिएको थियो । स्वास्थ्यकर्मीको सल्लाह बमोजिम औषधि सेवन गर्दै आएका बोहोराको मृगौला प्रत्यारोपण नै अन्तिम विकल्प रहेको बोहोराकी श्रीमती रमा बोहोराले स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै भनिन् । १ छोरा र १ छोरीका बाबु बोहोराको अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।  बोहोराको आर्थिक अवस्था कमजोर भएपछि समाजिक सञ्जालमा पनि सहयोगका लागि अभियान चलाइएको छ । देस विदेशमा रहेका इच्छुक मनकारी सहयोगीदाताले सहयोग गर्न अनुरोध गर्दै बोहोराको नाममा एनआइसी 5987014709452401 नम्बरको बैंक खाता खोलेको पीडितकी श्रीमती रमाले बताइन् । देश विदेशमा रहेका मनकारी सहयोगीदाताले उक्त खातामा सोझै पैसा जम्मा गर्न सकिने जानकारी दिँदै रमाले पीडितबारे केही बुझ्नु परे 9847076052, 9868344304, 9868009060 मा फोन गरेर बुझ्न सकिने बताइन् ।

अस्पतालले बोहोराको उपचारको लागि काठमाडौं लैजान सुझाव दिए पनि आर्थिक अभावका कारण थप उपचारका लागि लग्न नसकेको दुःखेसो पोख्दै रमाले सहयोग जुटे श्रीमानलाई उपचारका लागि काठमाडौं लैजाने बताइन् ।

Womui
Womui