सरिताको ठाउँमा सांसद बनिन् लीला सिटौला

356
पार्टीको कारबाहीमा परी पदमुक्त बनेकी पूर्व सांसद सरिता गिरी (बायाँ) । सरिताको ठाउँमा सांसद बनेकी लीलादेवी सिटौला (दायाँ) ।

काठमाडौं– सांसद पद गुमाएकी सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला सांसद घोषित भएकी छिन् । नेपालको नक्सा परिवर्तन गर्न भएको संविधान संशोधन सम्बन्धी विधेयकको विरोध गरेपछि पार्टीको कारवाहीमा परी गिरीले सांसद पद गुमाएकी थिइन् ।  निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सरिता गिरीको ठाउँमा लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको हो ।

समाजवादी पार्टीले समानुपातिक पद्धति अन्तर्गत निर्वाचित गर्नुपर्ने खस आर्य समूहको रिक्त भएको महिला सदस्यमा सिटौलाको नाम सिफारिस गरेको अनुसार उनलाई निर्वाचित भएको घोषणा गरिएको हो ।

Womui
Womui