१३९ थपिए, नेपालमा १८७५२ संक्रमित, ४८ को मृत्यु

78

नेपालगन्ज-पछिल्लो २४ घण्टामा १३९ जना कोरोना भाइरसका संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसले संक्रमित हुनेको संख्या १८७५२ पुगेको छ भने संक्रमितमध्ये ४८ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६२६ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै संक्रमणबाट निको भएर घर फर्कनेको संख्या १३७५४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा पर्साका ६५ वर्षीय वृद्ध, धनुषाका ३६ वर्षीय पुरुष र बाराका ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिए । पर्सामा मृत्य भएका व्यक्ति भारतीय नागरिक रहेको बताइएको छ । उनी मुटु तथा मधुमेहका रोगी थिए । त्रिवि शिक्षण अस्पतालमा मृत्य भएका बाराका ६० वर्षीय वृद्ध निमोनीया, मष्तिष्कघात र मृगौलासम्बन्धी रोगबाट ग्रसित थिए । त्यस्तै धनुषाका पुरुषलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि बीपी कोरइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

Womui
Womui